सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि युद्ध सुरु भएको छ।
इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन्।
यसैबीच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ।
इजरायलले पनि २०० ‘आतंकवादी लक्ष्य’मा आक्रमण गरिएको बताएको छ।
युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन नसकेको बीबीसीले उल्लेख गरेको छ।
तर, अमेरिकाले अझै दुईबीचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ।
57
Shares
प्रतिक्रिया