ad ad

ग्लोबल


सात दिनको युद्धविरामपछि फेरि सुरु भयो इजरायल-हमास युद्ध, हेर्नुहोस् तस्बिर

सात दिनको युद्धविरामपछि फेरि सुरु भयो इजरायल-हमास युद्ध, हेर्नुहोस् तस्बिर

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १४:४४, काठमाडौँ

इजरायल र हमासबीच एक साता लामो युद्धविरामपछि फेरि युद्ध सुरु भएको छ।

टाइम्स अफ इजरायलका अनुसार आईडीएफले गाजामा बमबारी सुरु गरेको छ। इजरायलको होलित क्षेत्रमा रकेट अलर्ट जारी गरिएको छ। आईडीएफले हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। उसले गाजामा हमासलाई हटाउन कारबाही पुनः सुरु गरिएको बताएको छ।

हमासको आक्रमणका कारण इजरायलले उत्तरी इजरायलका २ वटा राजमार्ग बन्द गरेको छ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धक रिहा गर्न नचाहेका कारण युद्धविराम थप लम्ब्याउन नसकिएको बताएका छन्। हमासले सबै महिलालाई रिहा पनि नगरेको र इजरायलमा रकेट प्रहार गर्न थालेको आरोप उनले लगाएका छन्। 

अक्टोबर ७ मा सुरु युद्ध सुरुमा ४ दिनका लागि रोकिए पनि युद्धविराम ७ दिनसम्म लम्ब्याइएको थियो। अहिलेसम्म इजरायलमा १२ सय र गाजामा १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।  

सात दिनको युद्धविरामपछि इजरायल–हमास युद्ध पुनः सुरु भएपछिका केही दृश्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .