ad ad

ग्लोबल


हमासका चार कमान्डर मारिए

हमासका चार कमान्डर मारिए

नेपालखबर
मंसिर १०, २०८० आइतबार १९:३६, काठमाडौँ

हमासले आफ्ना चार शीर्ष कमान्डरको मृत्यु भएको पुष्टि गर्दै उत्तरी गाजा ब्रिगेड कमान्डर अहमद अल घन्डौर पनि मारिएको आइतबार बताएको छ।

तर हमासले यी कमान्डर कहिले र कसरी मारिए भन्नेबारे केही बताएको छैन।

यसैबीच इजरायल र हमासबीच युद्धविराम भएको आज तेस्रो दिन हो। 

प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार माघाजी शरणार्थी केन्द्रमा इजरायली सेनाले गरेको आक्रमणमा एक किसानको मृत्यु भएको जनाएको छ।

प्यालेस्टिनी रेड क्रिसेन्टको यो रिपोर्टमा इजरायलले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

यस घटनाले बन्धकहरूको रिहाइका लागि भएको सहमतिमा असर पार्छ कि गर्दैन भन्ने स्पष्ट भइसकेको छैन।

कतारको मध्यस्थतामा इजरायल र हमासबीच चारदिने युद्धविराम गर्ने सहमति भएको हो। युद्धविरामको अवधि गत शुक्रबार बिहान (स्थानीय समय) देखि सुरु भएको हो। 

यस क्रममा अहिलेसम्म हमाले दुईपटक गरेर  ४१ जना बन्धकलाई छाडिसकेको छ भने सट्टामा इजरायलले पनि ७८ प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गरेको छ। 

युद्धविरामको पहिलो दिन शुक्रबार हमासले २३ इजरायलीसहित २४ बन्धकलाई रिहा गरेको थियो भने इजरायलले आफ्ना जेलमा थुनिएका ३९ प्लालेस्टिनीलाई छाडेको थियो। 

यस्तै युद्धविरामको दोस्रो दिन शनिबार हमासले १३ इजरायलीसहित १७ बन्धकलाई रिहा गरेको छ। जसमा चार जना थाई नागरिक छन्। यसको साटोमा इजरायलले पनि ३९ प्यालेस्टिनी कैदीलाई जेलमुक्त गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .