इरानको खुजेस्तान प्रान्तको गभर्नरको कार्यालयले बिहीबार बिहान अहवाजमा अमेरिकाले गरेको आक्रमणबाट तीन जनाको मृत्यु भएको जानकारी दिएको छ।
बीबीसी फारसीका अनुसार उपसुरक्षा अधिकारी वलिउल्लाह हयातीले आक्रमणमा धेरै जना घाइते पनि भएको बताएका छन्।
उनका अनुसार आक्रमणबाट भएको क्षतिको मूल्यांकन भइरहेको छ।
इरानको समाचार एजेन्सी इरनाले पनि अहवाज सहरमा गरिएको आक्रमणविरुद्ध सशस्त्र सेनाले गरेको रक्षात्मक कारबाहीका क्रममा रिभोलुसनरी गार्ड एयरोस्पेस फोर्सका एक सिपाहीको मृत्यु भएको जनाएको छ।
यसैबिच इरान रेलवेले तेहरान-मसहद रेलवे लाइनको एक स्थानमा बिहीबार बिहान भएको आक्रमणपछि रेल सेवा स्थगन गरिएको बताएको छ।
अमेरिकी सेनाले बुधबार राति दुई चरणमा गरी इरानका १७० स्थानमा आक्रमण गरिएको बताएको छ।
87
Shares

प्रतिक्रिया