ग्लोबल


पाकिस्तानका प्रधानमन्त्रीलाई इरानी राष्ट्रपतिले दिए ‘धन्यवाद’

पाकिस्तानका प्रधानमन्त्रीलाई इरानी राष्ट्रपतिले दिए ‘धन्यवाद’

सरिफ इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी भएका थिए।


नेपालखबर
असार २५, २०८३ बिहिबार १४:३३, काठमाडौँ

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफलाई आफ्ना पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी भएकामा धन्यवाद दिएका छन्।

पेजेस्कियानले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सहिद सर्वोच्च नेताको बिदाइ र राजकीय अन्त्येष्टिमा उपस्थित भएकामा म पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको कदर गर्छु।’

उनले अगाडि लेखेका छन्, ‘हामी उहाँको समर्थन बिर्सने छैनौँ। इरान र पाकिस्तानले सधैँ एकअर्काका आँसु र खुसी साटासाट गरेका छन्।’

विज्ञप्तिमा उनले भविष्यमा दुई देशबिचको सम्बन्ध अझ राम्रो हुने आशा पनि व्यक्त गरेका छन्। 

गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा परिवारसहित मारिएका खामेनीको अन्त्येष्टि कार्यक्रम गत शुक्रबार सुरु गरिएको थियो।

विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रमपछि खामेनीको शव आज जुलाई ९ मा इरानी सहर मसहदमा अन्त्येष्टि गरिँदै छ।

खामेनीले १९८९ देखि २०२६ फेब्रुअरी (मारिनुअघि) सम्म इस्लामिक गणतन्त्र इरानको सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad