ad ad

ग्लोबल


हिन्द महासागरमा इजरायली कार्गो जहाजमा आक्रमण, इरानप्रति अमेरिकाको आशंका

हिन्द महासागरमा इजरायली कार्गो जहाजमा आक्रमण, इरानप्रति अमेरिकाको आशंका

केही दिनअघि यमनका हुथी विद्रोहीले लाल सागरमा इजरायलको एउटा जहाज अपहरण गरेका थिए।


नेपालखबर
मंसिर १०, २०८० आइतबार १९:५१, काठमाडौँ

हिन्द महासागरमा इजरायली कार्गो जहाजमा ड्रोन हमला गरिएको खबर छ। 

समाचार एजेन्सी एएफपीले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै हिन्द महासागरमा इजरायली कार्गो जहाजमा ड्रोन आक्रमण भएको जनाएको छ।

अमेरिकी अधिकारीहरूले यसको पछाडि इरानको रिभोलुसनरी गार्डको हात हुनसक्ने दाबी गरेका छन्। 

एएफपीसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले भने- आईआरजीसीले हिन्द महासागरमा एक नागरिकको मोटर वाहनमा गोली हानेको सहिद-१३६ यूएभीको रिपोर्टको बारेमा हामीलाई जानकारी छ।

अधिकारीहरूका अनुसार आक्रमणमा जहाजमा सामान्य क्षति पुगेको छ र कोही पनि घाइते भएका छैनन्।

यसको एक साताअघि इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा इजरायलको एउटा कार्गो जहाज कब्जा गरेका थिए। 

यसै क्रममा लेबनानको हिजबुल्लाह सम्बद्ध मिडिया च्यानल अल मायादिनले हिन्द महासागरमा इजरायलको जहाजमा ड्रोन हमलाको रिपोर्ट पनि प्रकाशन गरेको छ।

तर च्यानलले आफ्नो रिपोर्टमा यो जहाजमा कसरी आक्रमण भयो वा कसले गराएको हो भन्ने बताएको छैन। 

हालै यमनका हुथी विद्रोहीका प्रवक्ताले इजरायल वा इजरायली कम्पनीका सबै जहाजलाई निशाना बनाउने घोषणा गरेका थिए।

हुथी विद्रोहीहरूले इजरायली झण्डा फहराएका कुनै पनि जहाज प्यालेस्टिनीहरूको समर्थनमा निशाना बनाइने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .