ad ad

ग्लोबल


गाजामा पश्चिमको मौनताले अराजकतालाई अनुमोदन गर्‍यो : टर्की

गाजामा पश्चिमको मौनताले अराजकतालाई अनुमोदन गर्‍यो : टर्की

टर्कीका विदेशमन्त्री हकान फिदान


नेपालखबर
मंसिर १, २०८० शुक्रबार १६:२२, काठमाडौँ

टर्कीका विदेशमन्त्री हकान फिदानले गाजामा भएको आक्रमणमा पश्चिमाहरूको मौनताले अराजकतालाई अनुमोदन गरेको संकेत गरेको बताएका छन्।

गाजामा इजरायलको आक्रमणमा पश्चिमको मौनता विश्वभरका अन्य अराजक गतिविधिहरूलाई ग्रिन सिग्नल दिनु बराबर रहेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा बताएका हुन्।

प्रतिरोधका लागि मस्जिद, अस्पताल र विद्यालयहरूमा बम विष्फोट गरिन्छ भने आफूहरू मौन बस्न नसक्ने उनको चेतावनी थियो। टर्कीको विदेश मन्त्रालयले बुधवार इजरायली अधिकारीहरूको आलोचना गर्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान बिरुद्ध लगाएका आरोप निराधार भएको र गाजाका जनतामाथि हमला गरिरहँदा उनीहरूलाई कानुनको बारेमा कुरा गर्ने अधिकार नरहेको बताएका थिए। 

इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको हमलाको बिरुद्धमा बदला लिन गाजामा पूर्ण रूपमा आक्रमण गरिरहेको छ। जसको क्रममा हमास लडाकुहरूले इजरायलमा करिब १ हजार २ सय व्यक्तिको हत्या गरेका थिए र २ सय भन्दा बढी बन्धक बनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .