भेनेजुएलाको राजधानी कराकासमा बुधबार साँझ लगातार गएका दुई शक्तिशाली भूकम्पका कारण भएको मानवीय क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार भूकम्पमा परी अहिलेसम्म ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ। यस्तै ७ सय जनाभन्दा बढी घाइते भएको उनले बताएकी छन्।
यद्यपि मृतकको संख्या सयौँ पुग्ने आशंका गरिएको छ। त्यसो त यसअघि अमेरिकाको भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले मृतकको संख्या १० हजार नाघ्ने सम्भावना ४४ प्रतिशत रहेको बताएको थियो।
भूकम्पका कारण भेनेजुएलाको राजधानी कराकासको जनजीवन तहसनहस भएको छ।
हेर्नुहोस् केही तस्बिर





114
Shares

प्रतिक्रिया