ad ad

ग्लोबल


गाजामा चिसो मौसम र वर्षाले मानवीय संकट, अवस्था कष्टकर

गाजामा चिसो मौसम र वर्षाले मानवीय संकट, अवस्था कष्टकर

नेपालखबर
मंसिर १, २०८० शुक्रबार १६:३०, काठमाडौँ

चिसो मौसम र वर्षाले गाजामा मानवीय संकट बढाएको छ।

प्यालेस्टाइन–इजरायली द्वन्द्व ४० दिन भन्दा बढी चलिरहेको बेला धेरै गाजानीहरूले आफ्ना परिवारका सदस्य र घरहरू गुमाएका छन्। केही विस्थापित व्यक्तिहरू अस्थायी आश्रयमा बस्न बाध्य छन्। तर, खराब मौसमले उनीहरुको जनजीवन कष्टकर बनाएको छ।

त्यस्तै अर्का विस्थापित बासिन्दाले त्रिपालले वर्षाबाट आफूहरुलाई जोगाउन नसक्ने बताए। उनले घरमा हुँदा कुनै समस्या नरहेको र अहिले आफ्नो जीवनमा असुरक्षित महशुस गरेको बताए। वर्षा भइरहेको अवस्थामा गाजा पट्टीमा कुनै सहायता नपाएको गुनासो गरे।

त्यस्तै अर्का विस्थापित महिलाले वर्षा, चिसो र बिजुलीबाट अभावमा जीवन कटाउनु परेको बताए।

त्यस्तै अर्का विस्थापितले सबै पीडा भोगिरहनुपरेको तर कतैबाट सहयोग प्राप्त नभएको बताए।

गाजाको अहिलेको अवस्था निकै कष्टकर रहेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .