ग्लोबल


कोरोना भाइरस संक्रमणले विश्वभर स्वास्थ्य आपतकाल घोषणा

कोरोना भाइरस संक्रमणले विश्वभर स्वास्थ्य आपतकाल घोषणा

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १:४४,

चीनबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ। कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो।

विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्ने भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन्।

डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।

कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान गइसकेको छ। भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्लुएचओले जनाएको छ।

चीनको वुहान शहरबाट बाहिर गएकाहरुमा यसको लक्षण देखिएको छ। जर्मनी, जापान, भियतनाम र अमेरिकामा यो भाइरस मान्छेबाट मान्छेमा सरेको पुष्टी भएको छ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad