ad ad

ग्लोबल


बेलायतमा इजरायल-गाजा द्वन्द्वबारे टिप्पणी गर्दा सांसद निलम्बन, कर्मचारी बर्खास्त

बेलायतमा इजरायल-गाजा द्वन्द्वबारे टिप्पणी गर्दा सांसद निलम्बन, कर्मचारी बर्खास्त

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १४:१४, काठमाडौँ

बेलायतमा इजरायल–गाजा द्वन्द्वबारे टिप्पणी गर्दा एक सरकारी कर्मचारी बर्खास्त भएका छन् भने लेबर पार्टीका एक सांसदलाई निलम्बन गरिएको छ।

मन्त्रीस्तरीय सहयोगीका रूपमा कार्यरत पल ब्रिस्टोले गत हप्ता प्रधानमन्त्री ऋषि सुनकलाई पत्र लेख्दै ‘स्थायी युद्धविराम’ मानिसको ज्यान बच्ने र अभावमा पिल्सिएका नागरिकसम्म सहयोग सामग्री पुर्‍याउन पाइने बताएका थिए। 

बीबीसीका अनुसार उनको टिप्पणीप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘उनको भनाइ सामूहिक उत्तरदायित्वको सिद्धान्तसँग बाझिएको छ।’

लेबर सांसद एन्डी म्याकडोनाल्डलाई भने प्यालेस्टिनी समर्थक र्‍यालीमा भाषण गर्दा प्रयोग गरिएको शब्दका आधारमा निलम्बन गरिएको हो। 

तर एन्डी म्याकडोनाल्डले आफूले हत्या रोक्न माग गरेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .