हमासका नेता इस्माइल हानियाले कतारमा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसँग भेट गरेको खबर सार्वजनिक भएको छ।
समाचार एजेन्सी रोयटर्समा प्रकाशित हमासको विज्ञप्तिअनुसार अमिर अब्दुल्लाहियान आफ्नो लक्ष्य हासिल गर्न समूहसँग सहकार्य जारी राख्ने सहमत भएका छन्।
कतारको दोहामा भेटवार्तामा अमिर अब्दुल्लाहियानले एक साताअघि इजरायलमा हमासले गरेको आक्रमणलाई ‘ऐतिहासिक विजय’ भन्दै प्रशंसा गरे।
इरानको आधिकारिक समाचार एजेन्सी इरनाले पनि दुई नेताबीच भएको भेटको भिडिओ सेयर गरेको छ।
— IRNA News Agency (@IrnaEnglish) October 14, 2023Iran’s Foreign Minister @Amirabdollahian and Head of #Palestine’s Hamas Political Bureau Chief Ismail Haniyeh have met and held talks in Qatar’s capital Dohahttps://t.co/fIgamQNrih pic.twitter.com/FEywWS1sf0
इजरायल र हमासबीच जारी युद्ध आज आठौँ दिनमा प्रवेश गरेको छ।
हमासको आक्रमणमा १३०० जनाको मृत्यु भएको छ भने धेरै इजरायली नागरिक हमासको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यस्तै इजरायली सेनाले गाजामा गरेको कारबाहीमा हालसम्म २२०० जनाको मृत्यु भइसकेको छ।
Shares
प्रतिक्रिया