ad ad

ग्लोबल


गाजामा सैनिकसँग भेट्दै इजरायलका प्रधानमन्त्रीले भने- हामी सबै तयार छौँ (भिडिओ)

गाजामा सैनिकसँग भेट्दै इजरायलका प्रधानमन्त्रीले भने- हामी सबै तयार छौँ (भिडिओ)

नेपालखबर
असोज २८, २०८० आइतबार ७:५, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा इजरायली सेनाको भूमिगत कारबाहीको तयारीको बीचमा सोशल मिडिया साइट एक्स (पहिलेको नाम ट्विटर) मा नयाँ भिडिओ सार्वजनिक गरेका छन्। 

भिडिओमा उनी इजरायली सैनिकसँग भेटघाट र कुराकानी गरिरहेको देखिन्छ।

भिडिओसँगै उनले लेखेका छन्, ‘गाजाको अग्रपंक्तिमा सैनिकहरूसँग। हामी सबै तयार छौँ।’ 

प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेतान्याहुले गाजा पट्टी बाहिर इजरायली सेनालाई भने, ‘तपाईं अर्को चरणका लागि तयार हुनुहुन्छ? अर्को चरण आउँदै छ।’

भिडिओ

एक हप्ताभन्दा बढी समयदेखि हमास र इजरायलबीच युद्ध जारी छ। इजरायलको हवाई बमबारीमा हालसम्म २२ सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने झन्डै आठ हजार घाइते भएका छन्।

यस्तै हमासको आक्रमणबाट इजरायलमा हालसम्म १३०० जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .