इजरायली रक्षा बलले लेबनानसँगको इजरायलको सीमामा रहेको सुरक्षा बारनजिकै भएको विस्फोटले क्षति पुगेको बताएको छ।
बीबीसीका अनुसार हानिताको उत्तरी किबुटजनजिकै विस्फोट भएको हो, जसले सिमानाको बारमा क्षति पुर्यायो।
इजरायली सेनाले जवाफमा लेबनानी क्षेत्रतर्फ तोप प्रहार गरेको बताएको छ।
सेनाको विज्ञप्तिमा भनिएको छ- केही आतंककारी यस मार्गबाट इजरायलमा घुसपैठ गरेको हुनसक्छ। सेनाले अहिले सम्पूर्ण क्षेत्रमा खोजी गरिरहेको छ।
लेबनानको शिया संगठन हिजबुल्लाहले यस मामिलामा हस्तक्षेप गर्ने निर्णय गरे र प्यालेस्टिनी सहयोगीहरूको समर्थनमा इजरायलमा आक्रमण गरेमा तेस्रो मोर्चा खुल्ने डर छ।
यसैबीच, इजरायली सेनाका ट्याङ्कहरू गाजा सीमामा तैनाथ गरिएका छन् र जमिन आक्रमण गर्नुअघि इजरायली सेनाले उत्तरी गाजाका जनतालाई २४ घण्टाभित्र गाजा सहर खाली गर्न अल्टिमेटम दिएको छ।
अहिले उत्तरी गाजा छोड्ने मानिसहरूको लहर सडकमा देख्न सकिन्छ।
Shares

प्रतिक्रिया