इजरायली सेनाको लगातार बमबारीका बीच हमासले शुक्रबार पनि इजरायलमा रकेट प्रहार गरेको छ।
बीबीसीका अनुसार हमासले इजरायलको सुदूर उत्तरमा अवस्थित सफेद सहरमा मिसाइल प्रहार गरेको जनाएको छ।
इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले ट्विटरमा लेखेका छन्– गाजाबाट उत्तरी क्षेत्रतर्फ प्रक्षेपण गरिएको मिसाइल रोकिएको छ।
हमासले तेल अभिभलाई पनि निशाना बनाएको र त्यहाँ हवाई आक्रमणको साइरन सुनिएको बीबीसीको समाचारमा उल्लेख गरिएको छ।
हमासले दक्षिणी इजरायलका अस्केलोन, सेद्रात र बिरीमा रकेट प्रहार गरेको दाबी गरेको छ, जहाँ गत शनिबार हमासको आक्रमणबाट १३ सय व्यक्ति मारिएका थिए।
इजरायलले जवाफी कारबाही गरेदेखि यस प्यालेस्टिनी व्रिद्रोही हमासले इजरायलमा हजारौं रकेट प्रहार गरेको छ।
150
Shares

प्रतिक्रिया