ad ad

ग्लोबल


भारतले भिजा सेवा बन्द गर्दा क्यानाडामा फसे पर्यटक

भारतले भिजा सेवा बन्द गर्दा क्यानाडामा फसे पर्यटक

राधिका शर्मा


नेपालखबर
असोज ५, २०८० शुक्रबार १३:५१, काठमाडौँ

क्यानाडासँग बढ्दो कूटनीतिक तनावका बीच भारतले बिहीबारदेखि क्यानाडामा अनिश्चितकालका लागि भिजा सेवा स्थगन गरेको छ।

यो निर्णयपछि धेरै पर्यटक क्यानाडामा फसेका छन्। 

बीबीसीका अनुसार आउँदो महिना भारत भ्रमणमा गर्न जाँदै गरेका मानिस भिजा सेवा स्थगनले के होला भनेर चिन्तामा परेका छन्।

भ्यानकुभरको एउटा ट्राभल एजेन्सीमा टेलिफोन लगातार बजिरहेको छ। 

राधिका शर्मा ‘एक्सप्लोर इन्डिया’ नामक कम्पनीमा काम गर्छिन्। भिजा भएका व्यक्तिलाई कुनै समस्या नपर्ने तर भिजाका लागि आवेदन दिएका मानिसले भिजा पाउने कि नपाउने भन्ने कुरा थाहा नभएको उनी बताउँछिन्।

भारतले आफ्ना कर्मचारीहरूको सुरक्षा चिन्ताका कारण क्यानाडाली नागरिकको भिजा प्रक्रिया स्थगन गरिएको जनाएको छ।

तथ्याङ्कअनुसार भारतमा ठूलो संख्यामा क्यानाडाली पर्यटक आउँछन्। २०२१ मा ८० हजारभन्दा बढी क्यानाडाली पर्यटकले भारत भ्रमण गरेका थिए।

क्यानाडाका करिब १८ लाख भारतीय मूलका बासिन्दालाई भने यसबाट खासै समस्या हुने छैन।

तर, यसले उनीहरुको देशको भविष्यमा प्रश्न उठाएको बताइएको छ। 

राधिका शर्माजस्तै भारतीय नागरिकता भएका व्यक्ति अहिले पनि भारत आउन सक्छन्। साथै, ओभरसिज सिटिजनसिप अफ इन्डिया कार्ड भएका क्यानाडाली नागरिकले पनि यसो गर्न सक्छन्।

क्यानाडामा विद्यार्थी भएर बसेकी शर्मा अहिलेको अवस्थालाई ध्यानमा राखेर आफ्नो दीर्घकालीन योजनामा ​​पुनर्विचार गरिरहेको बताउँछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .