खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्याका विषयमा भारत र क्यानाडाबीच तनाव बढेको छ।
क्यानाडाले यो हत्यामा भारतलाई आरोप लगाएको छ।
बिहीबार राति अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा मिडियासँग यो हत्या प्रकरणमा भारतविरुद्धको अनुसन्धानमा क्यानाडाको प्रयासलाई समर्थन गर्ने बताएका छन्।
सुलिभानले भने– ‘जुनसुकै देश किन नहोस्, यस्तो काममा कसैले विशेष छुट पाउने छैन।
यस्तै फाइनान्सियल टाइम्सले जी२० शिखर सम्मेलनमा बाइडेनलगायत फाइभ आइज देशले क्यानाडाको आरोपप्रति चिन्ता व्यक्त गरेको दाबी गरेको छ। यी देशका प्रमुखले निज्जरको मृत्युको मुद्दा प्रधानमन्त्री मोदीसँग उठाएका थिए।
पाँच आइज एक खुफिया साझेदारी गठबन्धन हो। यसमा संलग्न अमेरिका, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानाडाले गुप्तचर सूचना आदानप्रदान गर्छन्।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सेप्टेम्बर १८ मा निज्जरको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नता रहेको आरोप लगाएका थिए।
भारतले भने उक्त दाबीलाई झुटो भन्दै अस्वीकार गरेको छ।
Shares

प्रतिक्रिया