ad ad

समाज


आफूसँग सवाल-जवाफ गर्ने युवकलाई मेयर साम्पाङले प्रहरी लगाएर थुनाए (भिडिओ)

आफूसँग सवाल-जवाफ गर्ने युवकलाई मेयर साम्पाङले प्रहरी लगाएर थुनाए (भिडिओ)

नेपालखबर
भदौ २३, २०८० शनिबार १३:४७, काठमाडौँ

धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफूसँग सवालजवाफ गर्ने युवकलाई प्रहरीको हिरासतमा पुर्‍याएका छन्।

शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना अभियान सञ्चालन गरिरहेका बेला आफूसँग तर्क वितर्क गरेपछि मेयर साम्पाङले स्थानीय अशोक लिम्बूलाई प्रहरी लगाएर थुनाएका हुन्। 

उनले नगरमा डेंगीले मान्छे मरिरहेका बेला अर्कै अभियान सञ्चालन गरिरहेको भनेर मेयर साम्पाङको आलोचना गरेका थिए। त्यस क्रममा दुई जनाबीच भनाभन भएको थियो। 

नगर प्रहरी लगाएर पक्राउ गरिएका लिम्बूलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।

उनीविरुद्ध कुनै खालको उजुरी भने नपरेको प्रहरीले जनाएको छ। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .