ad ad

ग्लोबल


सीमा-सचिन प्रेम प्रकरण : यूपी एटीएसले बुलन्दसहरबाट दुई जनालाई पक्र्यो

सीमा-सचिन प्रेम प्रकरण : यूपी एटीएसले बुलन्दसहरबाट दुई जनालाई पक्र्यो

सचिन मिणा र सीमा हैदर


नेपालखबर
साउन ८, २०८० सोमबार १४:२६, काठमाडौँ

पाकिस्तानबाट भारतीय प्रेमी सचिन मिणासँग बस्न भारत आएकी सीमा हैदरको मामलामा उत्तर प्रदेश एटीएसले बुलन्दसहरबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार यी दुई दाजुभाइ हुन्।

बुलन्दसहर प्रहरीले बीबीसी हिन्दीसँग यो खबरको पुष्टि गरेको हो।

एटीएसले दुवै दाजुभाइबाट जनसेवा केन्द्रको ल्यापटप पनि बरामद गरेको छ। उनीहरुको नाम पुष्पेन्द्र मिणा र पवन मिणा रहेको बताइएको छ।

दुवै दाजुभाइ अहमदगढमा सार्वजनिक सेवा केन्द्र चलाउँछन्।

पुष्पेन्द्र र पवनलाई सीमा हैदर र उनका प्रेमी सचिन मिणाको आधार कार्ड र अन्य कागजात अदलबदल गरेको र रकम हस्तान्तरण गरेको आरोप छ।

यसअघि यूपी एटीएसले सचिन मिणानालाई पनि बुलन्दसहर लगेको थियो।

सचिन–सीमा मुद्दाका महत्त्वपूर्ण बुँदा–
–सचिन र सीमाका अनुसार अनलाइन गेम पब्जी खेल्दा उनीहरूबीच मित्रता भएको थियो।

–सीमा पाकिस्तानबाट नेपाल हुँदै आफ्ना चार सन्तानका साथ भारत आएर सचिनसँग बस्न थालेकी छन्। 

–प्रहरीले थाहा पाएपछि दुवैलाई पक्राउ गरेको थियो।

–अदालतबाट धरौटीमा रिहा  भएपछि यूपी एटीएसले यस विषयमा अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .