ad ad

समाज


बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या २२ पुग्यो

बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या २२ पुग्यो

नेपालखबर
साउन ८, २०८० सोमबार १४:३३, काठमाडौँ

बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार ललितपुरबाट दुई जना नक्कली मोहीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कुपण्डोलका सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

यो सँगै ललिता निवासको सरकारी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा बनाउने २२ जना पक्राउ परेका हुन्। यी मध्ये सचिव कृष्णबहादुर राउत मात्रै हिरासत बाहिर छन्। २१ जनालाई थुनामा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ।

भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङसहित मालपोतका पूर्व कर्मचारी, समर्जङ कम्पनीका पूर्व कर्मचारी र विचौलियाहरु छन्।

धर्मप्रसाद गौतम, सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमन कुमार कार्की, बाबुराजा महर्जन, रमेशकुमार पोखरेल, देवनारायण महर्जन, लोकहरि घिमिरे, धुर्वप्रसाद अर्याल, नारायण राज मिश्र, योगराज पौडेल, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोदप्रसाद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ र सिपिका खेतान पनि हिरासतमा छन्।

सीआईबीले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सीआईबीले असार १२ गतेदेखि पक्राउ गर्न र अनुसन्धान गर्न थालेको हो। यो कसुरमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न म्याद पाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .