ad ad

ग्लोबल


प्रेमीसँग भारतमै बस्न दिन पाकिस्तानी नागरिक सीमाको याचना, पशुपतिनाथमा बिहे गरेको दाबी

प्रेमीसँग भारतमै बस्न दिन पाकिस्तानी नागरिक सीमाको याचना, पशुपतिनाथमा बिहे गरेको दाबी

प्रेमी सचिन मिणासँग सीमा हैदर।


नेपालखबर
साउन ७, २०८० आइतबार १०:३९, काठमाडौँ

नेपाल हुँदै अवैध रुपमा भारत पुगेकी पाकिस्तानी नागरिक सीमा हैदरले अहिले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष दयाको भीख माग्दै निवेदन दिएकी छन्।

सीमा हैदरले राष्ट्रपतिसँग आफ्ना चार छोराछोरीसहित आफू र प्रेमी सचिन मिणालाई भारत (ग्रेटर नोएडा) मा बस्न अनुमति दिन आग्रह गरेकी छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार सीमाका तर्फबाट सर्वोच्च अदालतका वकिल एपी सिंहले उक्त याचिका दायर गरेका हुन्, जुन शुक्रबार राष्ट्रपतिको सचिवालयले प्राप्त गरेको छ। 

यस याचिकामा सीमाले आफू ग्रेटर नोएडामा बस्ने सचिन मिणासँग प्रेममा रहेको र उनीसँग बस्न भारत आएको बताएकी छन्।

पाकिस्तानी नागरिक सीमा हैदरले आफूले हिन्दू धर्म परिवर्तन गरी मिणासँग काठमाडौंको पशुपतिनाथ मन्दिरमा हिन्दू संस्कारअनुसार विवाह गरेको दाबी गरेकी छन्।

निवेदनमा के लेखिएको छ?
राष्ट्रपतिसमक्ष पेस सीमाको निवेदनमा भनिएको छ, ‘आदरणीय म्याडम,  एक प्यारो पतिका रूपमा सचिन मिणा, पितासमान ससुरा, आमासमान सासूबाट निवेदिका (सीमा) ले जुन शान्ति, माया र खुसी पाएको छ, यसअघि कहिले पाएको थिएन। यो निवेदिका हजुरसँग विनम्र आग्रह गर्छ– तपाईं मलाई विश्वास गर्नुहोस् र एउटी यस्ती महिलाप्रति दया देखाउनुहोस्, जो धेरै पढेलेखेकी छैन।’

याचिकामा सीमाले अगाडि भनेकी छन्, ‘यदि तपाईंले दया देखाउनुभयो भने निवेदिकाले आफ्नो बाँकी जीवन श्रीमान्, चार नाबालक छोराछोरी र ससुरासँग बिताउनेछ। तपाईंले यो अवसर दिनुभएमा यो निवेदिका आभारी हुनेछ।...’ 

सचिन र सीमा

पाकिस्तानको सिन्ध प्रान्तकी बासिन्दा सीमाका अनुसार उनी सन् २०१९/२० मा अनलाइन गेम पब्जी खेल्दा सचिनको सम्पर्कमा आएकी थिइन्। त्यसपछि दुई जनाबीच ह्वाट्सएप र इन्स्टाग्राममा कुरा हुन थाल्यो।

सीमा गत मे ३ मा नेपाल हुँदै बसमा चार बालबालिकासहित अवैध रूपमा भारत प्रवेश गरेकी हुन्। आफू भारतको ग्रेटर नोएडाको रबुपुरा क्षेत्रमा बस्ने सचिनसँग बस्न आएको उनले बताएकी छन्।

जुलाई ४ मा सीमा र सचिनलाई स्थानीय प्रहरीले पक्राउ गरेको थियो। तर, स्थानीय अदालतले जुलाई ७ मा धरौटीमा रिहा गरेपछि दुवैजना आफ्ना चार सन्तानसहित रबुपुराको घरमा बस्ने गरेका छन्। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .