ग्लोबल


साउदी अरब र चीनपछि संकटग्रस्त पाकिस्तानलाई १ बिलियन डलर दिँदै युएई

साउदी अरब र चीनपछि संकटग्रस्त पाकिस्तानलाई १ बिलियन डलर दिँदै युएई

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १३:३७, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (युएई)ले आर्थिक संकट भोगिरहेको पाकिस्तानलाई १ बिलियन डलरको वित्तीय सहयोग दिएको पुष्टि गरेको छ। 

पाकिस्तानका वित्तमन्त्रीले बिहीबार यसबारेको जानकारी दिएका छन्। यो आर्थिक सहयोगले पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले अघि सारेको 'बेल आउट'को शर्त पूरा गर्न सजिलो बनाउने छ।

वित्त मन्त्री इशाक डारले ट्विटरमा भनेका छन्, 'स्टेट बैंक अफ पाकिस्तान अब संयुक्त अरब इमिरेट्सका अधिकारीसँग उक्त जम्मा रकम लिनका लागि आवश्यक दस्तावेज तयार गरिरहेका छन्।'

साउदी अरब र चीनपछि युएई तेस्रो यस्तो देश हो जसले पाकिस्तानको सहयोगमा हात अघि सारेको छ। 

पाकिस्तान एक ठूलो आर्थिक संकटसँग जुधिरहेको छ। उसलाई अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १.१ बिलियन डलरको अतिआवश्यक रकमको प्रतिक्षा छ। जुन सन् २०१९ मा आईएमएफद्वारा स्वीकृत ६.५ बिलियन डलरको 'बेलआउट' प्याकेजको हिस्सा हो।

सिपोर्ट ग्लोबल ईएम क्रेडिट एनालिस्ट हिमांशु पोरवाल समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार युएईसँगको सम्झौता पाकिस्तानका लागि सहयोग हुन सक्नेछ। आईएमएफले पाकिस्तानले अब 'मित्र' देशबाट आर्थिक मद्दत सुरक्षित गर्नु जरुरी रहेको बताइरहेको छ।

यति सहयोग मिल्ला पनि पाकिस्तानको संकट टर्ने दिशाभन्दा धेरै पर छ। आईएमएफले अझै पनि पाकिस्तानले केही शर्तको उलंघन गरिरहेको जनाएको छ। उदाहरणका लागि राजकोषीय घाटा लगभग ८.३ प्रतिशत (जीडीपीको) अनुमानबाट करिब दुईगुणा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad