ग्लोबल


चीनलाई उछिनेर विश्वकै धेरै जनसंख्या भएको देश बन्दै भारत

चीनलाई उछिनेर विश्वकै धेरै जनसंख्या भएको देश बन्दै भारत

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १३:४९, काठमाडौँ

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीनलाई भारतले उछिन्न लागेको रिपोर्ट सार्वजनिक भएको छ।

जनसंख्यासम्बन्धी प्रतिवेदनमा भारत चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने उल्लेख छ ।

संयुक्त राष्ट्र जनसंख्या कोष (यूएनएफपीए)को तथ्यांकअनुसार यो वर्ष भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुग्नेछ। जबकि चीनको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाखमा सीमित हुनेछ।

प्रतिवेदनमा ३४ करोड जनसंख्यासहित अमेरिका तेस्रो स्थानमा हुने बताइएको छ।

सन् २०२१ मा भएको जनगणनाअनुसार हाल चीनको जनसंख्या १ अर्ब ४१ करोड छ। भारतमा सन् २०११ यता जनगणना भएको छैन।

त्यसताका भारतको १ अर्ब २१ करोड रहेको थियो। १२ वर्षको अवधिमा मात्रै भारतमा २१ करोड जनसंख्या थपिएको प्रक्षेपण गरिएको छ। भारतमा पछिल्लो १२ वर्षको अवधिमा थपिएको जनसंख्या मात्रै पनि नेपालको कुल जनसंख्याभन्दा ७ गुणाले बढी हो।

यससँगै विश्वको जनसंख्या यसै वर्ष ८ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .