ग्लोबल


युक्रेनमा हेलिकोप्टर दुर्घटना : गृहमन्त्रीसहित १८ जनाको मृत्यु

युक्रेनमा हेलिकोप्टर दुर्घटना : गृहमन्त्रीसहित १८ जनाको मृत्यु

नेपालखबर
माघ ४, २०७९ बुधबार १५:१५, काठमाडौँ

युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। राजधानी किभको बाहिरी क्षेत्रमा एउटा किन्डरकार्टेनमा सो हेलिकोप्टर खसेको थियो।

गृहमन्त्री डेनिस मोनास्तिर्स्की र अन्य आठ जना हेलिकोप्टरमा सवार थिए। मृत्यु हुनेहरुमा उपमन्त्री तथा सचिव पनि छन्। 

मृत्यु हुनेहरुमा तीन बालबालिका पनि छन्। १५ जनाको अस्पतालमा उपचार भइरहेको छ।

किभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख अलेक्सेइ कुलेबाले यो घटनामा १८ को मृत्यु र २९ घाइते भएको बताएका छन्।

हेलिकोप्टर दुर्घटनापछि किन्डरगार्टेनमा आगलागी भएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad