समाज


सन्दीपलाई जेलमै फर्काउन माग गर्दै उच्च सरकारी वकिल सर्वोच्च जाने

सन्दीपलाई जेलमै फर्काउन माग गर्दै उच्च सरकारी वकिल सर्वोच्च जाने

नेपालखबर
माघ ४, २०७९ बुधबार १५:२१, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामै राख्न माग गर्दै उच्च सरकारी वकिल कार्यालय पाटन सर्वोच्च अदालत जाने भएको छ। 

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि उच्च अदालतले त्यसलाई बदर गर्दै गतसाता सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार उच्च अदालतले यस्तो आदेश दिएसँगै सन्दीप शुक्रबार सुन्धारा कारागारबाट छुटेका छन्। 

तर उच्च अदालतको आदेश चित्तबुझ्दो नभएको भन्दै यसैसाताभित्रमा सर्वोच्चमा निवेदन दिने उच्च सरकारी वकिल कार्यालय पाटनका प्रमुख सहन्यायाधीवक्ता कृष्णमोहन कोइरालाले जानकारी दिए। 

‘हाम्रो तयारी हुँदैछ एक दुई दिन लेख्न समय लाख्छ। सम्भव भएसम्म यहि हप्ता सर्वोच्चमा निवेदन दिने तयारीमा छौं’, कोइरालाले नेपालखबरसँग भने।

यसअघि जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीपले त्यसविरुद्ध उच्च अदालतमा थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए। सन्दीपको निवेदनपछि उच्च अदालत पाटनले गत बिहीबार सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। 

सन्दीपमाथी गत भदौ ६ गते एक किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप छ। सन्दीप असोज २० गते पक्राउ परेका थिए। ९९ दिन थुनामा बसेपछि गत शुक्रबार सन्दीप थुनामुक्त भएका थिए। यता जिल्ला अदालतले भने यही माघ ९ गतेका लागि पेशी तोकेको छ।

जिल्ला अदालतले त्यसैदिन अन्तिम फैसला समेत सुनाउन सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad