ग्लोबल


अमेरिकाको न्युयोर्कमा खुल्यो वैध गाजा पसल

अमेरिकाको न्युयोर्कमा खुल्यो वैध गाजा पसल

नेपालखबर
पुस १६, २०७९ शनिबार १४:१०, काठमाडौँ

बिहीबार अमेरिकाको न्युयोर्कमा पहिलो वैध गाजा पसल खुलेको छ। न्युयोर्कको स्थानीय सरकारले गाजालाई कानुनी मान्यता दिने निर्णय गरेसँगै न्युयोर्कमा गाजा पसल खुलेको हो। यससँगै यसअघि गाजासम्बन्धी अपराधमा मुछिएकाहरुलाई राहत मिल्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। 

उक्त गाजा पसल न्युयोर्क सहरको इस्ट भिलेजमा हाउजिङ वर्कस्ले खोेलेको हो। हाउजिङ वर्कस् एम गैर नाफामूलक संस्था हो, यसले घरबारविहीन र एड्सका बिरामीको लागि काम गर्दै आएको छ। गत महिना सरकारले गाजा बिक्रीको लागि विभिन्न ३६ समूह तथा व्यक्तिलाई अनुमति दिएको थियो। 

सन् २०२१ को मार्च महिनामा न्युयोर्कको सरकारले गाजालाई बिक्रीको लागि कानुनी मान्यता दिने निर्णय गरेको थियो। यद्यपि २१ वर्षभन्दा कम उमेरका मानिसलाई भने गाजा बिक्री गर्न पाइँदैन।

सरकारले सबैभन्दा पनि गाजासम्बन्धी मामिलामा दाषी पाइएका उद्यमीलाई यसको अनुमति दिने समाचारमा उल्लेख छ। यसअघि अवैधरुपमा यसको व्यापार हुँदै आएकोमा आगामी दिनमा पनि अनुमति नलिई यसको व्यापार गर्नेलाई भने कडाभन्दा कडा कदम चालिने प्रशासनले बताएको छ।

अमेरिकाका अन्य २० राज्यमा पनि गाजालाई पूर्णरुपमा वैध गरिएको छ। यद्यपि संघीय नियामले भने अझै पनि अनुमति दिएको छैन। जसको कारण सहजरुपमा खरिद तथा बिक्री भने हुन सकेको छैन। न्युयोर्कमा गाजालाई वैध गरिएसँगै गाजाको बिक्रीमा पनि १३.५ प्रतिशत कर लाग्ने समाचारमा बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .