राजनीति


कांग्रेस प्रवक्ता महतसँग झगडाबारे उपसभापति खड्का भन्छन् : यो कुरा सत्य होइन

कांग्रेस प्रवक्ता महतसँग झगडाबारे उपसभापति खड्का भन्छन् : यो कुरा सत्य होइन

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०७९ शनिबार १४:२०, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रवक्ता डा. प्रकाशशरण महतसँगको विवादबारे मुख खोलेका छन्। घटना भएको एक सातापछि उनले प्रवक्ता डा. महतसँगको विवादबारे बोलेका हुन्। 

‘बालुवाटारमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोसिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केही दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकार्षण भएको छ,’ खड्काले ट्विटरमा लखेको छन्, ‘यो कुरा सत्य होइन।’

उनले उक्त दिन केही मुद्दामा आफूहरुका बीचमा फरक ढंगले बहस भएको भने स्वीकार गरेका छन्। ‘केही मुद्दामा फरक तरिकाको बहस हामी साथीहरूका बीच भएको मात्र हो,’ उपसभापति खड्काले भनेका छन्। 

यद्यपि, प्रवक्ता महतले घटना भएको भोलिपल्टै प्रस्टीकरण दिँदै आफूले उपसभापति खड्कामाथि हातपात गरेको घटना निराधार हल्लामात्र भएको दाबी गरेका थिए। 

साउन १० गते बालुवाटारमा तत्कालीन सत्ता गठबन्धन टुटेपछि भएको विवादका क्रममा प्रवक्ता महतले उपसभापति खड्कालाई हातपात गरेको दाबी केही सञ्चारमाध्यमले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad