ताइवानको इलेक्ट्रोनिक सामान बनाउने विश्वकै सबैभन्दा कम्पनी फक्सकनमाथि जरिवाना लागेको छ।
फक्सकनमाथि चीनको चिप बनाउने कम्पनीमा अवैध लगानीका कारण जरिवाना भएको हो।
तर, फक्सकनले चिनियाँ कम्पनीलाई आफ्नो सेयर बेच्न लागेको बताएको छ।
चीनले आफ्नो सेमीकन्डक्टर उद्योग बढाउन चाहेको छ। यसलाई लिएर ताइवान सतर्क भएको छ। उसले कानुन कडा बनाएर नियन्त्रण प्रयास गरिरहेको छ। ताइवानले उक्त चिप बनाउने आफ्नो प्रविधि चीनले चोरेको आरोप लगाएको छ।
फक्सकन एप्पल इङ्कको ठूलो सप्लायर हो। जसले आईफोन बनाउँछ। कम्पनीले जुलाईमा चीनको चिप निर्माता कम्पनी सिन्ह्वा युनिग्रुपमा सेयर सदस्य रहेको जनाएको थियो।
114
Shares

प्रतिक्रिया