तनहुँमा फेरि सडक भासिएको छ। जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ खानिखोलामा सडक भासिँदा यातायात ठप्प भएको छ।
आइतवार बिहान १० बजेको समयमा सडक भासिएपछि पृथ्वीराजमार्गमा यातायात रोकिएको छ।
प्रहरीका अनुसार सडक डाइभर्सन बनाउने क्रममा भासिन पुगेको हो। अहिले पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकखण्ड फराकिलो बनाइँदैछ।
सडकमा ठूलो खाडल भएका कारण त्यसलाई पुरेर यातायात खुलाउने कोसिस भइरहेको जिल्लाप प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले बताए।
सडकमा ठूलो खाडल परेकाले अहिले दुई पांग्रे र साना चार पांग्रे साधन मात्रै गुड्न दिइएको छ।
यसअघि गत जेठमा पनि थ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका-४ ड्याम नजिक सडक भासिएको थियो।
अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको थियो।
Shares

प्रतिक्रिया