मेक्सिकोमा विमान दुर्घटना हुँदा कम्तिमा पनि पाँच जनाको मृत्यु भएको छ।
मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार विमान दुर्घटना हुँदा कम्तीमा पनि पाँच जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
म्याडेरो शहरको लास जुन्टासमा दुर्घटना भएको सरकारी वकिलले जानकारी दिएका छन्।
विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाह जाँदै थियो।
विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको छ।

प्रतिक्रिया