ad ad

ग्लोबल


अफगानिस्तानमा इस्लामिक स्टेटको आक्रमण, तालिबानका ३५ लडाकु मारिएको दाबी

अफगानिस्तानमा इस्लामिक स्टेटको आक्रमण, तालिबानका ३५ लडाकु मारिएको दाबी

नेपालखबर
असोज ४, २०७८ सोमबार १६:१२, काठमाडौँ

अफगानिस्तानस्थित इस्लामिक स्टेटको शाखा खुरासान प्रान्त (आईएसकेपी) ले अफगानिस्तान तालिबानले नियन्त्रण गरेयता पहिलोपटक उसविरुद्ध आफूले हमला गरेको दाबी गरेको छ। 

यही सेप्टेम्बर १९ मा अफगानिस्तानको नान्गरहार प्रान्तको राजधानी जलालाबादमा तालिबानलाई ताकेर आईईडी विस्फोट गरिएको र त्यस क्रममा तालिबानका ३५ लडाकु मारिएको वा घाइते भएको दाबी आईएसकेपीले गरेको हो। 

आईएसले तालिबानलाई ‘धर्म भ्रष्ट मिलिसिया’ भएको आरोप लगाएको छ। 

तालिबानले भने यस आक्रमणका विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। तर स्थानीय अफगान सञ्चारमाध्यमले नान्गरहार प्रान्तमा गराइएको आईईडी विस्फोटमा हताहती भएको समाचार दिएका छन्। 

आईएसको समाचार एजेन्सी अमाकले उक्त घटना पुष्टि गर्न केही तस्बिर पनि प्रकाशन गरेको छ। 

यसअघि आईएसले गत अगस्ट २६ मा काबुल विमानस्थलमा गरिएको घातक हमला र अगस्टकै ३० तारिखमा काबुल विमानस्थललाई ताकेर गरिएको रकेट प्रहारमा भने तालिबानलाई लक्ष्य नगरिएको दाबी गरेको थियो, अमेरिका र उसका सहयोगीलाई क्षति पुर्याउन मात्र हमला गरिएको उसले बताएको  थियो। 

यी पनि :

तालिबान र इस्लामिक स्टेटबीच समानता र भिन्नता के छन्?

१० सर्वसाधारणको हत्याः भोलिपल्ट अफगानिस्तान छाड्दै थिए, अमेरिकी ड्रोन हमलामा मारिए

अफगानिस्तानमा समावेशी सरकार बनाउने विषयमा पाकिस्तानले थाल्यो तालिबानसँग वार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .