ad ad

ग्लोबल


अफगानिस्तानमा समावेशी सरकार बनाउने विषयमा पाकिस्तानले थाल्यो तालिबानसँग वार्ता

अफगानिस्तानमा समावेशी सरकार बनाउने विषयमा पाकिस्तानले थाल्यो तालिबानसँग वार्ता

पाकिस्तानका प्रधानमन्त्री इमरान खान


नेपालखबर
असोज २, २०७८ शनिबार १६:३७, काठमाडौँ

पाकिस्तानले अफगानिस्तानमा समावेशी सरकार बनाउन तालिबानसँग वार्ता सुरु गरेको गरेको छ। 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूले तालिबानसँग सरकार समोवशी बनाउने विषयमा छलफल सुरु गरेको जानकारी दिएका हुन्। 

प्रधानमन्त्री खानले ट्विटरमा लेखेका छन्, ‘दुसान्बेमा अफगानिस्तानका छिमेकी देशका नेता र विशेषगरी ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनसँग लामो छलफलपपिछ मैले तजिक, हजारा र उब्जेकलाई सहभागी गराई समावेशी अफगान सरकार बनाउन तालिबानसँग वार्ता सुरु गरेको छु।’

प्रधानमन्त्री इमरान खानले ४० वर्षको संघर्षपछि यस कदमले अफगानिस्तानमा शान्ति र स्थिरता ल्याउने उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .