ad ad

ग्लोबल


१० सर्वसाधारणको हत्याः भोलिपल्ट अफगानिस्तान छाड्दै थिए, अमेरिकी ड्रोन हमलामा मारिए

१० सर्वसाधारणको हत्याः भोलिपल्ट अफगानिस्तान छाड्दै थिए, अमेरिकी ड्रोन हमलामा मारिए

त्यस दिन अमेरिकी सेनाले गरेको ड्रोन हमलापछिको दृश्य। तस्बिरः बीबीसी


नेपालखबर
असोज २, २०७८ शनिबार ९:४५, काठमाडौँ

करिब एक महिनाअघि अफगानिस्तानमा आतंकवादीलाई लक्ष्य गरी आफूले गरेको ड्रोन हमलामा आतंककारी होइन, १० जना सर्वसाधारण मारिएको कुरा अमेरिकाले स्वीकार गरेको छ। र, माफी मागिसकेको छ। 

तालिबान संगठनले सत्ता कब्जा गरेपछि गत अगस्ट २६ मा काबुल विमानस्थलमा आतंकवादी संवठन आईएसआईएसले आत्मघाती आक्रमण गर्दा १३ जना अमेरिकी सैनिकसहित सयभन्दा धेरैको जनाको मृत्यु भएको थियो।

त्यसपछि अमेरिकी सैनिकले ती आक्रमणकारीलाई लक्ष्य गरी ड्रोन हमला गरेको थियो। त्यस क्रममा आक्रमणकारी मारिएको र सर्वसाधारण कोही नपरेको अमेरिकाले दाबी गरेको थियो। 

तर अहिले मारिएका दसै जना सर्वसाधारण नागरिक भएको खुलासा भएको हो।  

अमेरिकी सेनाले शुक्रबार पत्रकार सम्मेलन गरेर भनकेो छ, ‘निर्दोष मानिस मार्नु हाम्रो उद्देश्य थिएन। विद्रोहीलाई जवाफ दिने क्रममा सर्वसाधारण पनि परे। यो दुःखद पक्ष हो।’ 

बीबीसीका अनुसार उनीहरू अफगानिस्तानबाट बाहिरिने तरखरमा थिए। 

मृतकका आफन्तले बीबीसीसँग भनेका छन्, ‘उनीहरू भोलिपल्ट अमेरिका जानेवाला थिए, त्यसका लागि विमानस्थल पुग्ने फोनको प्रतीक्षा गरिरहेका थिए।’

मारिनेमध्ये अहमद नासिर पनि थिए। उनी अमेरिकी सुरक्षा बलका लागि दोभासेको काम गर्थे। मारिएका अर्का व्यक्ति पनि अन्तर्राष्ट्रिय संगठनका लागि काम गर्थे। उनीसँग अमेरिका जाने भिसा थियो।  

यो पनि : ​तालिबानसँग सहमति भइसकेको थियो, राष्ट्रपति गनी भागेर बर्बाद भयोः खलिलजाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .