ad ad

ग्लोबल


ठूलो खुलासाः काबुल विमानस्थलमा आत्मघाती हमला गर्ने व्यक्ति ५ वर्षअघि भारतमा समातिएका थिए!

ठूलो खुलासाः काबुल विमानस्थलमा आत्मघाती हमला गर्ने व्यक्ति ५ वर्षअघि भारतमा समातिएका थिए!

फाइल तस्बिर : तालिबानी लडाकु


नेपालखबर
असोज २, २०७८ शनिबार १७:४२, काठमाडौँ

इस्लामिक स्टेट (आईएसआईएस–के) ले गत महिना अफगानिस्तानको काबुल विमानस्थलमा आत्मघाती बम हमला गर्ने व्यक्ति ५ वर्ष पहिले भारतमा पक्राउ परेको खुलासा गरेको छ। 

आईएसआईएस–केले आफ्नो पत्रिकाको नयाँ अंकमा त्यस्तो दाबी गरेको हो। योसँगै अब विभिन्न प्रश्न खडा भएको छ। 

अफगानिस्तानमा तालिबान शासन सुरु भएपछि गत अगस्ट २६ का दिन काबुलको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट गराइएको थियो। जसमा झन्डै २ सय मानिसको मृत्यु भएको थियो भने तीमध्ये १३ जना अमेरिकी सैनिक पनि थिए। त्यस आक्रमणको जिम्मेवारी आईएसआईएस–केले लिएको थियो। 

ती आतंककारी सन् २०१६ मा भारतको दिल्लीमा पक्राउ परेर जेल सजाय भुक्तान गरेका व्यक्ति भएको खुलासा भएको हो। 

दाबीअनुसार अब्दुर रहमान अल–लोगरी नामका व्यक्तिले काबुल विमानस्थल बाहिर बम विस्फोट गराएका हुन्। उनी पाँच वर्ष पहिले भारतमा पक्राउ परेका थिए।

त्यतिबेला उनी काश्मिरको बदला लिन भारतमा हमला गर्ने तयारी गरिरहेका थिए। त्यस क्रममा दिल्ली प्रहरीले उनलाई पक्राउ गरेको थियो र जेल सजाय कटिसकेपछि फेरि उनलाई अफगानिस्तान पठाइएको थियो। र, अमेरिकी सेनाको सहयोगमा काबुल विमानस्थलबाट मानिसको उद्धार भइरहेका बेला उनले बम हमला गरेका थिए। 

यी पनि :

तालिबान र इस्लामिक स्टेटबीच समानता र भिन्नता के छन्?

१० सर्वसाधारणको हत्याः भोलिपल्ट अफगानिस्तान छाड्दै थिए, अमेरिकी ड्रोन हमलामा मारिए

अफगानिस्तानमा समावेशी सरकार बनाउने विषयमा पाकिस्तानले थाल्यो तालिबानसँग वार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .