उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोमान्थाङका होटल विदेशी पर्यटकले भरिभराउ भएका छन्।
बुधबार सुरु ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकको उपस्थितिले लोमान्थाङ बजारका तीन दर्जनभन्दा बढी होटल पर्यटकले भरिएका हुन्।
तिजी अवलोकन गर्न बुधबार ३०७ जना विदेशी पर्यटक भित्रिएको अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना (एक्याप) ले जनाएको छ।
तिब्बती संस्कृति झल्किने करिब ६ सय वर्ष पुरानो तिजी ३५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेको एक्याप प्रमुख उमेश पौडेलले रासससँग भनेका छन्।
यो पर्वका अवसरमा शान्तिको कामना गर्दै बुधबारदेखि बौद्धभिक्षुहरूले पाठपूजा गरिरहेका छन्।
साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ। तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन्।
Shares

प्रतिक्रिया