समाज


पाँचथरका ६ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका ६ विद्यालयको नतिजा ‘ननग्रेडेड’

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १५:३६, पाँचथर

हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाँचथर जिल्लाका ६ वटा विद्यालयको नतिजा ‘ननग्रेडेड’ आएको छ। 

एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षामा ननग्रेडेड भएका हुन्। शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा नियमिततर्फ साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक हजार ३४ जना ‘ग्रेडेड’ भएका छन्।

जुन कूल सङ्ख्याको ४९ प्रतिशत हो। यस्तै, प्राविधिक धारतर्फ १२२ जना विद्यार्थी परीक्षामा सामेल भएकामा ६२ जना ग्रेडेड भएका छन्।

जिल्लामा दुई जना विद्यार्थी चार जिपीएसहित ग्रेडेड भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad