गण्डकी


‘वाटरफ्रन्टमा डोजर चलाउँदा पर्यटक आतंकित’

‘वाटरफ्रन्टमा डोजर चलाउँदा पर्यटक आतंकित’

नेपालखबर
चैत २२, २०८२ आइतबार २१:४१, पोखरा

होटल संघ पोखराले वाटरफ्रन्ट रिसोर्ट पोखरामा एकाबिहानै डोजर चलाएर राज्यले पर्यटकलाईं आतंकित पारेको आरोप लगाएको छ। 

आइतबार बिहानै झिसमिसेमा पर्यटक सुतेको होटलमा डोजर पुगी संरचना हटाउँदा पर्यटक त्रसित र आतंकित हुने वातावरण सिर्जना भएको संघको आरोप छ। 

साथै पूर्व जानकारी बिना होटलका संरचनामा त्यसप्रकारले डोजर चलाइँदा पर्यटकको मनमा होटलले ठूलै अपराध गरेको भान समेत पर्न गएको अध्यक्ष लक्ष्मण सु्वेदीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

‘अघिल्लो दिन वा केही घण्टा पहिला संरचना हटाइने विषयको जानकारी दिएको भए होटलले गएराति पाहुना राख्ने थिएन,’विज्ञप्तिमा भनिएको छ,‘ अतः यो घटनाले पोखराको पर्यटनमा नै आँच आउने तथा पोखरा र नेपालको पर्यटनप्रति नै नकारात्मक सन्देश प्रवाह हुन सक्नेतर्फ महानगर सचेत हुन जरुरी थियो। राज्यलाई चाहिने भए चलनचल्तीको मुआब्जा प्रदान गरी जग्गा अधिग्रहण गर्न सकिन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad