गण्डकी


बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ

४ जना बालिकाको उद्धार
बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार २१:११, पोखरा

कास्की प्रहरीले बालबालिकालाई बन्धक बनाइ यौनकार्यमा लगाएको आरोपमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ भने ४ जना बालिकाको उद्दार गरेको छ।

पक्राउ पर्नेमा गोरखा पालुङ्टार गाउँपालिका ४ स्थायी घर भइ हाल पोखरा ६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुर बागमती गाउँपालिकां.८ स्थायी घर भइ हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ७ कपन बस्ने  २३ वर्षीया रिना तामाङ र पूर्वी नवलपरासी मध्यबिन्धु नगरपालिका १० स्थायी घर भइ हाल पोखरा ६ लेकसाइड बस्ने १९ वर्षीया जस्मिन ठकुरी रहेका छन्।

उनीहरूले ती ४ जना बालिकालाई राम्रो जागिर दिन्छु, तलब राम्रो हुन्छ भन्दै विश्वासमा पारी कोठा बाहिरसमेत निस्किन नदिइ परपुरुषसँग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याउँदै आएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad