ग्लोबल


रुसले भन्यो- क्षेप्यास्त्र प्रहारको सन्देश अमेरिकाले पक्कै बुझ्यो होला

रुसले भन्यो- क्षेप्यास्त्र प्रहारको सन्देश अमेरिकाले पक्कै बुझ्यो होला

फाइल तस्बिर: रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति जो बाइडेन


नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार २१:१८, मस्को

रुसले युक्रेनमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले दिएको चेतावनी वासिङ्टनले बुझेको रुसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जनाएको छ। 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने-  वासिङ्टनको वर्तमान प्रशासनले यस घोषणालाई बुझ्नेछ भन्नेमा हामीलाई कुनै शङ्का छैन।

युक्रेनमा जारी द्वन्द्व ‘विश्वव्यापी’ युद्धको विशेषता भएको र पश्चिमा मुलुकहरूमा आक्रमण हुने सम्भावनालाई राष्ट्रपति पुटिनले सङ्केत गरेका छन्। 

पेस्कोभले यो सन्देश व्यापक, स्पष्ट र तार्किक भएको दाबी गरेका छन्। 

हालैका दिनमा युक्रेनले पहिलोपटक रुसी भूमिमा अमेरिका र बेलायतले दिएका क्षेप्यास्त्र प्रहार गरेको छ। यसले करिब तीन वर्ष लामो द्वन्द्वलाई थप चर्काएको सङ्केत मान्न सकिन्छ।

युक्रेनलाई आफ्नो क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने पश्चिमा देशहरू युद्धमा प्रत्यक्ष सहभागी भएको बुझ्नुपर्ने मस्कोले जनाएको छ।

पेस्कोभले भने- मुख्य सन्देश के हो भने क्षेप्यास्त्र उत्पादन गर्ने, युक्रेनलाई आपूर्ति गर्ने र पछि रुसी भूमिमा आक्रमण गर्ने पश्चिमा मुलुकहरूको ‘लापरबाहीपूर्ण’ निर्णय र कार्य रुसी पक्षको प्रतिक्रियाबिना रहन सक्दैनन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad