गण्डकी


भाषाविद् मुकुन्द शरणलाई शुक्ला साहित्य पुरस्कार

भाषाविद् मुकुन्द शरणलाई शुक्ला साहित्य पुरस्कार

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार १७:३१, पोखरा

यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई अर्पण गरिएकोे छ।

जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा स्थापित सो पुरस्कारमा नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ।

मुकुन्द शरण प्राकृत पोखराको लागि युवावस्थामै मदन पुरस्कार प्राप्त गर्ने साधक हुन्। उनलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, प्रतिष्ठानका अध्यक्ष हरिबहादुर वरुवालसहितले पुरस्कार अर्पण गरेका हुन्।

पुरस्कृत भएपछि बोल्दै साहित्यकार उपाध्यायले पोखराको प्राकृत साहित्यलाई बचाइ राख्न, नयाँ पुस्तासँग आग्रह गरे।

सो पुरस्कारबाट यसअघि मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य,डा रविलाल अधिकारी, साहित्यकार सरुभक्त, वरिष्ठ काटुनिष्ट दुर्गा वराल वात्सायन, चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा,लोक गायिका हरिदेवी कोइराला, साहित्यकार हंशपुरे सुवेदी,भाषाविद् चुडामणि बन्धु र संस्कृतिकर्मी प्रा।डा। जगमान गुरुङ सम्मानित भइसकेका छन्।

यता, प्रतिष्ठानले संचालन गरेको लोककवि चेतबहादुर वरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मी प्राडा कुशुमाकर न्यौपानेलाई प्रदान गरिने भएको छ। लोक साहित्य पुरस्कारको राशी १५ हजार ५ सय छ।

२०७० सालमा स्थापित लोक साहित्य पुरस्कार यसअघि गीतकार तीर्थ तामाङ, लोकनाथ पोखरेल र कवि रामप्रसाद पौडेल घर्मेलीले प्राप्त गरिसकेका छन्।

२०४५ सालमा जनकविकेशरी धर्मराज थापाको परिकल्पनामा स्थापित प्रतिष्ठानले हास्यव्यंग्य, गीत संगीत,समालोचना, साहित्यका विभिन्न विधा, लोक साहित्य, जनवादी र प्रगतिशील सािहत्य, भाषा र नेपाली व्याकरणका क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टालाई प्रत्येक दुई दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad