गण्डकी


भारतीय सेनाका पूर्वजनरल अशोक मेहतालाई पोखरामा सम्मान

भारतीय सेनाका पूर्वजनरल अशोक मेहतालाई पोखरामा सम्मान

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १९:३, काठमाडौँ

भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहतालाई पोखरामा सम्मान गरिएको छ। २÷५ जी आर (एफएफ) (भीसी पल्टन) पूर्वसैनिक परिवार पोखराले १३६ औ जन्मोत्सव  (मालाकाण्ड डे) को अवसर पारेर ८४ वर्ष पार गरेका मेहतासहित पल्टनका अन्य ११ जनालाई सम्मान गरेको हो। 

सम्मानित हुनेमा १०४ वर्ष रामप्रसाद गुरुङ पनि रहेका २÷५ जी आर (एफ एफ) (भी सी पल्टनं पूर्वसैनिक परिवार पोखराका अध्यक्ष सुदर्शनसिंह थापाले जानकारी दिए।

मेहता पल्टनका पूर्वसैनिक परिवारसँग आफनो ८४ औं जन्मोत्सव मनाउन पोखरा आएका हुन्। चार वर्षअघि मेहताले आफनो ८० औं जन्मोत्सव पोखरामै मनाएका थिए।

नेपालीसँग आत्मिय सम्बन्ध रहेका मेहताले सन १९९३ मा श्रीमती अदितीसँग पल्टनमा र त्यसपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा विहे गरेका थिए।

आयोजक संस्थाका सचिव दलबहादुर गुरुङका अनुसार अनुसार मेहता विगत १०÷११ वर्षदेखि नेपाल आउँदा लामेआहालस्थित सुवेदार यामबहादुर गुरुङको घरमा बस्ने गरेका छन्। भारतीय सेनाको २÷५ जिआरमा काम गरेका गुरुङलाई छोरा मान्ने मान्छन्।

‘मलाई विहान वेलुका धेरै हिँड्न पर्छ पेन्सन क्याम्पमा बस्दा हिँड्ने स्थान छैन तर लामेआहलमा बस्दा चारैतिर पहाड छ र हिँड्नका लागि सहज हुने गर्छ’,उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad