राजनीति


माधव नेपालको अभिव्यक्तिमाथि अनुसन्धान गर्न आयोगले लेख्यो पत्र

माधव नेपालको अभिव्यक्तिमाथि अनुसन्धान गर्न आयोगले लेख्यो पत्र

फाइल तस्बिर


नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १९:१४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिमाथि अनुसन्धानका लागि निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र लेखेको छ। 

नेपालले मतदातालाई फ्री भिसा र टिकटमा युवालाई विदेश पठाइदिने प्रलोभनमा पारी अभिव्यक्ति दिएकोमाथि अनुसन्धान गर्न आयोगले पत्र लेख्ने निर्णय गरेको जनाएको छ। 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको पनि आयोगले जनाएको छ। 

रौतहटमा चुनाव प्रचारका क्रममा उनले आश्वासन बाँड्दै ‘बिना ढेउवा के भिसा मिल्तै हैं, टिकट मिल्ते हे, काठमाडौंमै तालिम मिल्ते हेँ’ भनेको भिडिओ भाइरल भएको थियो।

‘यस क्रममा यही कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई प्रचलित कानूनबमोजिम जरिवानासहित कारवाही गरिएको छ’ आयोगले उल्लेख गरेको छ। 

यस्तै आचारसंहिता उल्लंघनका सम्बन्धमा अनुसन्धान गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइएको छ भने आचारसंहिता विपरीत भएका कार्यहरू रद्द गर्न विभिन्न प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक निर्देशन दिइएको छ । कारवाही र निर्देशनसम्बन्धी निर्णयहरू यस प्रकार छन् स्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad