ad ad

कला


सलमानको घरमा प्रहरीको छापा, एक जना पक्राउ

सलमानको घरमा प्रहरीको छापा, एक जना पक्राउ

नेपालखबर
असोज २३, २०७६ बिहिबार १०:२३,

बलिउडका सुपरस्टार अभिनेता सलमान खानको बंगलामा प्रहरीले छापा मारेर एक आरोपीलाई पक्राउ गरेको छ।

बुधबार मुम्बई पुलिसले सलमानको घरमा छापा मारेर उनको घरको रेखदेख गर्ने एक जनालाई पक्राउ गरेको हो। ती व्यक्ति २९ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेको प्रहरीले जनाएको छ।

शक्ति सिद्धेश्वर राणा नाम गरेका ६२ वर्षीय ती व्यक्ति विगत १० वर्षदेखि सलमानको घरको रेखदेख गर्दै आएका थिए। सलमानको गोराईस्थित बंगलाबाट पक्राउ परेका ती व्यक्तिमाथि चोरी र कुटपिटको आरोपमा उजुरी दर्ता भएको थियो।

उजुरी लगत्तै पक्राउ परेका उनी जमानतमा रिहा भएपछि फरार रहँदै आएका थिए। ती व्यक्ति सलमानको घरमा काम गरेको एक सर्वसाधरणले मौखिक जानकारी दिएपछि मुम्बई पुलिसको अपराध शाखाको टोली नम्बर ४ ले पुरै योजना बनाएर सलमानको घरमा छापा मारेको हो।

बुधबार साँझ राणालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो। पक्राउ परेका राणामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सलमानकै घरबाट अपराधी पक्राउ परेपछि त्यसले सलमानलाई थप विवादमा लैजाने आशंका गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .