कला


पशुपति शर्मा डेब्यू फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा

पशुपति शर्मा डेब्यू फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा

नेपालखबर
साउन १, २०८३ शुक्रबार १७:२८, काठमाडौँ

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौँमा आयोजित विशेष कार्यक्रममा चलचित्रको घोषणा गरिएको हो।

कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली चलचित्र क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए।

अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्।

कार्यक्रममा बोल्दै निर्माता सापकोटाले रघुजी फिल्म्सबाट यसअघि घोषणा गरिएका अन्य  प्रोजेक्टहरू पनि यस चलचित्रपछि क्रमशः निर्माण प्रक्रियामा अघि बढाइने जानकारी दिए।

चलचित्रका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्। निरज नेपाल कार्यकारी निर्माता रहेको चलचित्रमा शमशेर लामाको शृंगार र जीवन पोखरेल वेशभुषाको जिम्मेवारी सम्हाल्नेछन्।

यस फिल्ममा गायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुसाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना तथा राजु तिमल्सिना लगायतका कलाकारहरूको अभिनय रहनेछ।

पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य लिएको निर्देशक अमरदीप सापकोटाले बताए। आरआर फिल्म्सले वितरणको जिम्मेवारी लिएको चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad