ad ad

खेल


अस्ट्रेलियाविरुद्ध बिमल घर्ती मैदान प्रवेश

अस्ट्रेलियाविरुद्ध बिमल घर्ती मैदान प्रवेश

नेपालखबर
असोज २३, २०७६ बिहिबार १०:२६,

अस्ट्रेलियाले खेलको ५८ औं मिनेटमा चौथों गोल गरेको हो। ह्यारी साउटरले चौथो गोल गरेका हुन्।

यसअघि नेपालले पहिलो २३ मिनेटमै तीन गोल खाइसकेको थियो।

अस्ट्रेलियाका लागि जेमी मकलरेनले खेकलो छैठौं मिनेटमा सुरुवाती गोल गर्दा उनैले खेलको १९ औं मिनेटमा दोस्रो गोल गरेका हुन्। तेस्रो गोल २३ औं मिनेटमा ह्यारी साउटरले गरेका थिए।

यससँगै मकलरेन र साउटरको समान २–२ गोल भएको छ।

यतिबेला अष्ट्रेलियाको स्टेडियम क्यानबेरामा खेल भइरहेको छ। नेपालको प्रदर्शन निकै कमजोर देखिएको छ।

अष्ट्रेलिया फिफा वरियतामा ४४ औं स्थानमा रहेको टोली हो भने नेपाल १ सय ६१ औं स्थानमा रहेको टोली हो।

यसैबीच नेपाली राष्ट्रिय फुटबल टोलीको स्ट्राइकर बिमल घर्ती मगर खेलको ६५ औं मिनेटमा मैदान प्रवेश गरेका छन्।

४–० ले पछि परेको अवस्थामा बिमललाई स्थान दिइएको हो।

मैदानमा १८ हजार ५६३ जना खेल दर्शकहरु उपस्थित छन्। हजारौंको संख्यामा नेपालीहरु पनि भएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .