प्रियंका चोपडा र निक जोनसको विवाह भएको आठ वर्ष भइसक्यो, तर यो जोडीको प्रेममा कुनै कमी आएको छैन।
निक जोनसले सामाजिक सञ्जालमार्फत प्रियंकालाई प्रभावित पारेका थिए भन्ने कुरा त हामी सबैलाई थाहा छ।
तर पहिलो डेटिङअघि सामाजिक सञ्जालमा उनलाई पठाइएको सन्देश के थियो भन्ने कुरा निकले अहिले खुलासा गरेका छन्।
निक जोनसले प्रियंकालाई पठाएको पहिलो म्यासेज
अभिनेत्री प्रियंका चोपडा हालै निकसँग ‘जोनस पोडकास्ट’मा देखा परिन्, जहाँ निकले आफ्नो एक्स (पहिले ट्विटर) अकाउन्टमा प्रियंकासँग भएको पहिलो कुराकानीको स्क्रिनसट सार्वजनिक गरे।

त्यस क्रममा उनले डेटिङको सुरुवात कसरी भयो भनेर खुलासा गरेका छन्।
निकका अनुसार उनका भाइ केभिन जोनसले पहिलोपटक प्रियंकाको सो ‘क्वान्टिको’बारे जानकारी दिएका थिए।
‘मैले सनसेट बुलेवार्डमा माथि हेरेँ र त्यहाँ प्रियंकाको अनुहार भएको एउटा ठुलो बिलबोर्ड थियो’, निकले भनेका छन्, ‘त्यसलगत्तै मैले प्रियंकाले मलाई एक्स (ट्विटर) मा फलो गर्छिन् कि गर्दिनन् भनेर हेरेँ र भाग्यवश उनी मलाई पहिलेदेखि नै फलो गरिरहेकी रहिछन्।’
त्यसपछि आफूले तत्काल प्रियंकालाई पहिलो म्यासेज पठाएको उनले बताएका छन्।
जसमा उनले लेखेका थिए, ‘हेलो! मैले केही मानिसले हामीले हामी भेट्नुपर्छ भनेको सुनेको छु। म पनि उनीहरूको कुरामा पूर्ण सहमत छु। तिमी चाँडै कहिले लस एन्जलस आउँछ्यौ?’
प्रियंकाले पनि जवाफ दिइन्, ‘ग्राहमले मलाई तिम्रोबारे धेरै कुरा बताएका छन्। फोनमा टेक्स्ट गरौँ, त्यो बढी प्राइभेट हुनेछ, किनकि मेरो यो सोसल मिडिया अकाउन्ट मेरो टिमले पनि चलाउँछ।’
पडकास्टमा जो र केभिनले यो च्याट पढेर सुनाउँदा प्रियंका र निकले हाँसो रोक्न सकेनन्।
उक्त कुराकानीपछि निक र प्रियंकाबिच निकटता बढ्दै गयो।
अनि सन् २०१७ मा उनीहरूले ‘भ्यानिटी फेयर अस्कर्स आफ्टर-पार्टी’मा पहिलोपटक प्रत्यक्ष भेट गरे।
त्यसपछि उनीहरूको सम्बन्धको चर्चा चल्न थाल्यो।
यस क्रममा निकले सन् २०१८ मा प्रियंकालाई विवाहको प्रस्ताव राखे।
जसमा प्रियंकाले पनि सहमति जनाइन्। त्यसपछि उनीहरूले त्यही वर्ष डिसेम्बरमा भारतको उदयपुरमा हिन्दु र क्रिस्चियन रीतिरिवाजअनुसार भव्य रूपमा बिहे गरे।
त्यसको ४ वर्षपछि सन् २०२२ मा उनीहरूले सरोगेसीमार्फत छोरी मालती म्यारी चोपडा जोनसलाई जन्म दिए।
Shares

प्रतिक्रिया