चर्चित मोडल तथा गायक दुर्गेश थापाको अभिनय रहेको नयाँ गीत ‘बोल्दैन फोटो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ।
लोकप्रिय गायक डेबिड शंकर र भावना आचार्यको स्वरमा सजिएको नयाँ भिडियो ‘बोल्दैन फोटो’को भिडियोमा दुर्गेशसँगै अस्मिता पुरीको दमदार अभिनय रहेको छ।
दीपक शर्माको शब्द र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ। शिब बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश र अस्मिताको अभिनयको धेरैले तारिफ गरेका छन्। यसअघि ‘बग्ने खोला’ र ‘मुलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको गीत दुर्गेश थापाको च्यानलबाट अपलोड गरिएको छ।
असोज १३, २०७६ सोमबार १३:४०
प्रतिक्रिया