ad ad

कारोबार


नेपालको उर्जामा विश्व बैंकको चासो

नेपालको उर्जामा विश्व बैंकको चासो

नेपालखबर
असोज १३, २०७६ सोमबार १४:१३,

विश्व बैंकले नेपालको समग्र ऊर्जा क्षेत्रको विषयमा चासो व्यक्त गरेको छ। विश्व बैंकका डिमेट्रिज पापथानसियस सहितको प्रतिनिधिमण्डलले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनसँग आज सिंहदरबारमा भेट गर्दै नेपालको ऊर्जा क्षेत्रको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेको हो।

विद्युत् क्षेत्रको सुधारका निमित्त नेपाल सरकारले गरेका काम उपलब्धिमूलक रहेको भन्दै उनीहरूले धन्यवाद ज्ञापन गरेका छन्। विश्व बैंकका प्रतिनिधिमण्डलले १०६० मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि थप लगानी जुटाउन आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

ऊर्जामन्त्री पुनले माथिल्लो अरुणलगायत नेपालको ऊर्जा क्षेत्रमा विश्व बैंकले गरिरहेको सहयोगप्रति धन्यवाद दिँदै लगानी विस्तार गर्न आग्रह गरेका थिए। विश्व बैंकको ऋण सहयोगमा निर्माणाधीन ३७ मेगावाटको काबेली जलविद्युत् आयोजना सन्तोषजनक ढंगले काम अगाडि नबढेकोमा भने उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, अर्थ मन्त्रालय र विश्व बैंकका प्रतिनिधिको संयुक्त बैठक बसेर यसलाई ठोस निष्कर्षमा पु-याउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .