गायक शिव परियारको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार युट्युबमार्फत् ‘भेट हुँदा’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ पनि भनिएको छ। गीतमा प्रहाल्द शाहको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ।
गीतको भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ। रमणिय स्थाल साँघामा खिचिएको भिडियो फिल्मी स्टाइलमा तयार गरिएको छ।
शान थापाको निर्देशनमा बनेको यस भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको। बुद्ध थापाले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका हुन्।
असोज २, २०७६ बिहिबार ११:४७

प्रतिक्रिया