कारोबार


मदन भण्डारी मेमोरियल एकेडेमीमा प्रभु बैंक

मदन भण्डारी मेमोरियल एकेडेमीमा प्रभु बैंक

नेपालखबर
असोज २, २०७६ बिहिबार ११:५३,

प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल एकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। उर्लाबारीस्थित मदन भण्डारी मेमोरियल एकेडेमीमा स्थापित एक्स्टेन्सन काउण्टरको आज उक्त एकेडेमीका कार्यकारी निर्देशक विनोद अर्यालले एक समारोहका बीच उद्घाटन गरेका हुन्।

मदन भण्डारी मेमोरियल एकेडेमीमो अध्ययनरत विद्यार्थीले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्र्न सक्नेछन्। नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको यस प्रभु बैंकले मदन भण्डारी मेमोरियल ऐकेडेमीमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ। सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टरहरुमार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad